Logo
Logo

संसदमा प्रधानमन्त्रीले खोजे प्रतिपक्षी दलको नेता


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीको खोजी गरेका छन् ।

भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका उनले समान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रचिपक्षीका नेताहरु उपस्थित हुने परम्परा रहेको बताए ।

उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’
उनी बोल्दाबोल्दै प्रतिपक्षी दलका नेता ओली आइपुगेपछि र प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा जवाफ माग गर्दै संसद अवरुद्ध गरेपछि आज उनले सांसदको प्रश्नको जवाफ र प्रष्टिकरण दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्