Logo
Logo

मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड



काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपंक्तिमा टिभिएस पनि पर्दछ । निकै पावरफुल र टेक्नोलोजी भएको बाइकहरु निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हासिल गरेको टिभिएस एक यस्तो बाइक निर्माता हो, जसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ ।

बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवालाई एकअर्कासँग जोड्ने प्रभावकारी समूहका रुपमा टिभिएसले अपाचे अनर्स ग्रुप (एओजी)लाई अघि बढाइरहेको छ । सामुहिक प्रयास भए के सफल हुँदैन भन्ने भावनालाई युवाको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो ।

स्थापनाकालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत युवाको बाइकिङप्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको हो । परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यसपटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पु¥याएको छ ।

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राईडमा १० जना नेपाली राइडरको सहभागिता थियो । राईडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय युवा थिए । राईडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकलको प्रयोग गरिएको थियो ।

फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओर्नस ग्रुप (एओजी) को माक्र्यु राईडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राईडरहरु सहभागिता जनाएका थिए । फागुन ११ गते काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो यात्राका राइडरले भारतको प्रख्यात मोटोसोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्रीको भ्रमण गरेका थिए ।

टिभिएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टिभिएस मोटोसोल इन्डियाका बारेमा भने, ‘हामी संसारभर छरिएका वाइकिङ प्रेमीहरुका लागि टिभिएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित छौँ । टिभिएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राईडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यसलाई घरघरमा पु¥याउने एउटा मञ्च हो ।’

उक्त कार्यक्रमका लागि काठमाडौंदेखि गोवासम्म अपाचे राईडरसँग टिभिएस नेपाल, जगदम्बा मोटर्स प्रा.लि टोली सहभागी भएकामा उनले आफू उत्साहित भएको बताए । ‘यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राईड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७००० किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेछन्’ उनले भने, ‘यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टिभिएस अपाचे प्रतिको राईडरहरुको प्रेम र विश्वासलाई साथै उनीहरुभित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ ।’

७००० किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापाले भने, ‘७००० किलोमिटर लामो यात्रा गर्न सहज थिएन । यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो । बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ । नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो । यसै यात्रामार्फत नेपाल भारत र बङ्गलादेशका राइडरसँग चिनजान पनि बढ्यो । टिभिएसले मलाई नयाँ सम्बन्धहरु गाँस्न सघाएको छ । यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टिभिएस २०० ले सम्भव बनाइदियो ।’

यात्राकै क्रममा भारतको गोवामा भएको टिभिएस मोटोसोल जस्तो भव्य कार्यक्रम हेर्न मौका पाएकामा उनले खुसी व्यक्त गरे ।
उनले भने, ‘माइसोर मा रहेको टिभिएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो । आफुले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा र सन् १९८२ देखिको इतिहास बोकेको टिभिसलाई नजिकबाट हेर्न पाउँदा निकै खुसी लागेको छ । म टिभिएस नेपाल टिभिएस भारत र टिभिएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा धन्यवाद दिन चाहन्छु ।’

विज्ञापन र पीएसएमार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन योगदान पु¥याएको थियो । नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुलाई भारतमा प्रचार गर्न र भारतीय राईडरहरुलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोतसाहन गरेको थियो ।

टिभिएस एपाचे सिरिजका १६०, २०० र ३१० सिसिका बाइक लिएर ७००० किलोमिटर लामो यात्रामा निस्किएको एओजी टिमका सम्पूर्ण राईडरहरुले आफुले चलाएको बाइकको खुलेर प्रशंसा गरेका थिए । आरामदायी बाइक पाएकाले यात्रामा शारीरिक समस्या कम भएको र बाइकको उत्कृष्ट ब्रेकिङ, पिकअप पावर, ह्यान्डलिङ अनि माइलेजले गर्दा ठूला ठूला राजमार्गमा यात्रा गर्न सहज भएको राईडरहरुको भनाइ थियो ।

नेपालबाट यात्रा सुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राईडर र विहारमा बंगलादेशका राईडरहरुलाई भेटेर यात्रालाई अघि बढाएका थिए । राईडकै क्रममा एओजी टिमका सदस्यले फागुन १९ र २० गते गोवामा आयोजना भएको मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा पनि सहभागिता जनाएका थिए ।

भारतकै ठूलो मानिने उक्त फेस्टिभलमा विभिन्न बाइकिङ गतिविधिहरुका साथै टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिएको थियो । यस्ता राईडमार्फत टिभिएसले नेपाली राईडरलाई यात्राको अवसर दिनेमात्र नभएर बाइकिङ क्षेत्रमा भइरहेका नयाँ परिवर्तनका बारेमा जानकार बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।

फागुन ११ गते काठमाडौंबाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमै आएर समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्