Logo
Logo

राम्रा काम गर्न जस्तोसुकै जोखिम मोल्न तयार छु : स्वास्थ्यमन्त्री


504
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताएका छन् ।

सोमबार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लेनदेनका कारण अहिले आपराधिक क्रियाकलाप बढिरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिबद्धता जनाए । मन्त्री बस्नेतले आफूलाई जोखिमसँग खेल्ने बानी रहेको भन्दै राम्रा कामका लागि कुनै पनि जोखिमसँग जुध्ने बताए ।

‘सबैलाई जगजायर भएको विषय र यसले आपराधिक क्रियाकलाप बढेको छ । लिने, दिनेका कुराहरू धेरै छन्, म यि कुरामा कहीँ लाग्दिन, हिजो पनि लागेको थिइन । भोलि पनि लाग्दिन । राम्रा कामका लागि जुनसुकै खतरा मोल्न तयार छु । म यो जोखिमसँग खेल्ने बानी परेको मान्छे हो,’ मन्त्री बस्नेतले भने ।

उनले मानव सभ्यताकै शत्रुको रूपमा प्लाष्टिकजन्य पदार्थहरू देखिन थालेको बताए । मन्त्री बस्नेतले प्लाष्टिकलाई पूर्णरूपमा नष्ट गर्न पनि नसकिने र न्युनिकरणको लागि विकल्प नहुँदा समस्या सिर्जन भएको बताए । उनले प्लाष्टिकजन्य सामग्रीका कारण वातावरण धेरै प्रदूषित भएको भन्दै यसको असर नेपालमा पनि धेरै परिरहेको बताए ।

प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने कुरामा सार्क राष्ट्रहरूले एक भएर काम गर्नुपर्ने उनले बताए । उनले नेपालमा सबै मिलेर प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई कम गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्