
काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने भएको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
यसअघि २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन ।














