Logo
Logo

रास्वपा सांसदले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भनेपछि…


4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादीका सांसदहरूले उठेर विरोध गरेका छन् ।

सांसद खनालले बोल्ने क्रममा ‘भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीले नयाँ हवाई रुट खुलाएर जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए’ भनेका थिए ।

त्यसलगत्तै माओवादीका सांसदहरुले विरोध जनाएपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।उनलाई समय दिएपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्