Logo
Logo

‘भैंसी चढेर आएको’ भन्ने शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन


1.3k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर फर्किदा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आउने अपेक्षा गरेकोमा भैसी चढेर आएको अभिव्यक्ति दिएका थिए । त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए । त्यसपछि सभामुख घिमिरले उक्त ‘भैँसी चढेर आएको’ शब्दावली जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पनि संसदमा भारत भ्रमणबारे जवाफ दिने क्रममा आफुलाई भारत भ्रमण सकेर फर्किदा सबैले स्वागत र बधाई दिनेछन् भन्ने सोच्दै आएकोमा भैसी चढेर फर्केको बनाइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्