Logo
Logo

ललितपुरमा दुर्घटना, दुई जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २० मंसिर ।
बिहीबार बेलुका ललितपुरको एकान्तकुनामा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।


बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्काेमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बीच बाटोमा टिप्पर रोकेर राखकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्