Logo
Logo

करोडौँको सट्टेबाजी कारोबार गरेको आरोपमा पाँच जना पक्राउ


5.4k
Shares

काठमाडौं । प्रहरीले बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको खातामा करोडौं रकमको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ । कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ ।

यस्तै, पक्राउ परेको श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले जानकारी दिए ।

यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार देखिएको प्रहरीले जनाएको छ । उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्