Logo
Logo

आज नेपाल र हङकङ भिड्दै


1.8k
Shares

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज शनिबार हङकङसँग खेल्दैछ ।

एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे मङककमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्