Logo
Logo

प्रचण्डले ‘मिल्ने वा निल्ने’ नीतिअनुरूप मोर्चा बनाए : विष्णु रिमाल


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि ‘मिल्ने वा निल्ने’ नीति लिइरहेको आरोप लगाएका छन्।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै रिमालले ६४ सालतिर प्रचण्डले नारायणकाजी श्रेष्ठको र सो सरहका स–साना पार्टी निलेको र नमिल्ने तथा ननिलिइएकाविरुद्ध उपद्रो मच्चाएको भन्दै अहिलेको समाजवादी मोर्चा सोही नीतिअनुरूप बनेको दाबी गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै रिमालले प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरूले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको टिप्पणी गरेका छन्।

उनले समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ शुरु भइसकेको टिप्पणी गरेका छन्। प्रचण्डले एकै ठाउँमा रहेकाहरू विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् र तिनीहरूलाई जोड्ने फ्याक्टर आफैँ हुन पाऊँ भन्ने मनस्थितिमा रहने आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्