Logo
Logo

एमालेमा पूर्वमाओवादीहरु पेलानमा छैनन् : लेखराज


2.2k
Shares

काठमाडौं । पूर्वमाओवादी नेताहरु एमालेमा हेपिएको चर्चा भइरहेका बेला नेकपा एमालेका सचिव लेखराज भट्टले प्रस्टीरकण दिएका छन् ।

एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका उनले मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेभित्र पूर्वमाओवादी नेताहरु हेपाइमा नरहेको स्पष्टीकरण दिएका हुन् ।

भट्टसँगै एमाले प्रवेश गरेका मणि थापा पार्टीमा बिदा स्वीकृत गराएर विप्लवको पार्टीमा प्रवेश गर्ने हल्ला चलेका विषयमा उनले भने, ‘एमालेमा पूर्वमाओवादीहरू पेलानमा छैनन् । मणि थापा निष्क्रिय भएको उहाँका आन्तरिक समस्याका कारण बस्नुभएको हो ।’

त्यस्तै उनले बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको आरोप लगाउँदै सरकारले ल्याएको बजेट पास गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताए ।

उनले भने, ‘बजेटमा सुधारका कार्यक्रमहरू देखिएको छैन । बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठिक नभएकोले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्