
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । बैठक अहिले बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको चियापानको तयारीबारे छलफल हुने छ ।बैठकलगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्ने पवक्ता ढकालले जानकारी दिए ।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको छ ।











