
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज पत्रकार सम्मेलन गर्दै छ ।
पत्रकार सम्मेलन अहिले बिहान ११ बजे पार्टी कार्यालय (बालकुमारी) मा आयोजना गरिने जसपाका प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए ।
यही असार १० गते सुरु हुने पार्टीको विधान अधिवेशनका सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।











