
काठमाडौं । पूर्व बैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शाहलाई आज सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरेका हुन् ।
उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए ।
रास्वपाले आज बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।
त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको छ ।











