Logo
Logo

सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घट्यो


1.3k
Shares

काठमाडौ । नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्