
काठमाडौं । आईसीसी विश्वकप छनोटको आजको खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालका करण केसीले पहिलो सफलता लिाएका छन् ।
जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा तीब्र गतिका बलर केसीले वेस्ट इन्डिजविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा काइल मायर्सलाई कुशल भुर्तेलमार्फत क्याच गरेका हुन् ।
यसअघि नेपालले खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।














