Logo
Logo

सुशासन समितिद्वारा विपद् जोखिम न्यूनीकरण प्रतिकार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन


378
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति÷परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पु¥याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माणकार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले जानकारी दिए ।

बैठकले यसअघि राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको सञ्चालन एवं व्यवस्थापन गर्न बसेको समितिको बैठकले गृह मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनका लागि पुन निर्देशन दिने निर्णय गरिएको उनले बताए ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन अवधिभरका लागि उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको जानकारी दिए । उनले बिपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको समेत बताए ।

बिपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको र पाँच वटा मेसिन जडानसहित २७ डुङ्गाको व्यवस्थापन गरिएको उनले बताए ।

उनाले खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको बताए । जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्