काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गत मंगलबार मन्त्रिपरिषदको बैठकले चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थी नेताहरुको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । बिहीबार न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
उपप्राध्यापम चलाउनेमाथि अधिवक्ता राधिका खतिवडालगायतले बहस गरेका थिए । अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।











