काठमाडौं । डा. भुपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति बनेका छन् ।

स्वास्थ्यमन्त्रीको अध्यक्षतामा रहेको समितिको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बस्नेतलाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि उनी न्याम्सकै निमित्त उपकुलपति पदमा रहेका थिए । कुलपतिका लागि डा. बस्नेतसहित मन्त्रालयमा ११ जनाको आवेदन परेको थियो ।
न्याम्सका उपकुलपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।














