काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना भएको एक वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका डा. भट्टराईले ०८४ सालको चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् ।

समाजवादी मोर्चामा सहभागी नभएको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनको यस्तो धारणा आएको हो । अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफु रहेको बताउँदै उनले नयाँ शक्तिका रुपमा रास्वपा अगाडि आएकोमा आफु अत्यन्त खुसी भएको जिकिर गरे ।
त्यस्तै डा. भट्टराइले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भएपनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे ।











