
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै बिनियोजन बिद्येयक २०८० को बिभिन्न शिर्षकहरु माथीको छलफल अन्तर्गत चार वटा मन्त्रालयससहितको बजेट शिर्षकमाथि छलफल हुनेछ ।
जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेको हो ।
यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।











