Logo
Logo

ओखलढुंगामा पहिरोले घर पुरिँदा बाबु-आमाको मृत्यु, छोरा र छोरी बेपत्ता


819
Shares

ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरो जाँदा २ जना बेपत्ता भएका छन् भने तीन घर बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपकबहादुर केसीले जानकारी दिए ।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको डिएसपी केसीले जानकारी दिए ।

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्