Logo
Logo

नेपालले आज किर्गिस्तान बीसँग प्रतिस्पर्धा गर्दै


1.3k
Shares

काठमाडौं । काभा पुरुष नेसन्स लिगमा नेपालले आज किर्गिस्तानको बी टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र किर्गिस्तान बीबीचको खेल बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल यसअघि किर्गिस्तान ए सहित ४ टोलीसँग पराजित भइसकेको छ ।

पहिलो खेलमा मंगोलियासँग हारेको नेपाल दोस्रो खेलमा किर्गिस्तानको ए टोलीसँग पराजित भएको थियो । यस्तै तेस्रो खेलमा इरानसँग र चौथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्