Logo
Logo

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त


567
Shares

काठमाडौं । डा.भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त भएका छन् ।

न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उपकुलपति नियुक्त गरेका हुन् । 

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उप कुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए । 

कांग्रेस निकट डा. बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेबारीमा थिए । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्