Logo
Logo

रूसी सेनामा नेपाली युवाको भर्तीबारे सरकारले नियालिरहेको छ : प्रधानमन्त्री


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारकाले नजिकबाट नियालिरहेको बताएका हुन् ।

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने ।

सांसद अच्युतप्रसाद मैनालीले रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए । पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्