Logo
Logo

शिक्षा अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ


2.8k
Shares

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन् । गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोपमा उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटको आरोपमा फरार रहेका वली घोराही उपमहानगरपालिका–१० बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको प्रहरीले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्