Logo
Logo

‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय



‘काठमाडौं । सिनेमा हलहरुले ‘आदिपुरुष’बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने भएको छ । चलचित्र प्रदर्शकहरुको संगठन नेपाल चलचित्र संघले ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको हो । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘आदिपुरुष’बाहेक अरु हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएको हो ।

उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवं अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

साथै, नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको पनि संघले जनाएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिन्दी फिल्म ‘आदिपुरुष’मा रहेको एक सम्बादलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्