Logo
Logo

‘प्रचण्डलाई ढाल्न ओली चलखेल गरिरहेका छन्’


4.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको बताएका छन् । पार्टीको सम्पर्क विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीविरुद्ध यसरी आक्रामक बनेका हुन् ।

अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाउँदै भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन् ।’

अध्यक्ष नेपालले ओलीप्रति प्रश्न गर्दै भने, ‘त्यो कम्युनिष्ट पार्टीको कस्तो चरित्र होला ? जुन कम्युनिष्ट पार्टीका नेताले कम्युनिष्ट प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर दलाल पूँजीवादी कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेका छन् ।’

उनले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा ओली बर्बराइरहेको दावी गरे । समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र एकीकृत समाजवादीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको जिकिर गर्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्स आफूले बदलेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्