Logo
Logo

करका कुरामा कसैको मुख हेरेको छैन : अर्थमन्त्री


630
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कतिपय उद्योगी तथा व्यवसायीले पारदर्शी हिसाब राख्न नचाएको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने ‘एकाउन्टिङ सिस्टममा जान जुन हिचकिचावट छ, समस्या त्यहाँनिर देख्छु । कतिपय व्यवसायी मकहाँ आएर भ्याट नलगाइदिन समेत भन्ने गरेका छन् ।’

अर्थमन्त्री महतले बजेटमा करको दायरा विस्तार गर्ने विषय उठाइएको तर कर नबढाएको दाबी गरे । उनले भ्याट छुट सूची हरेक वर्ष बढ्दै गएकामा आफूले त्योक्रम रोकेको समेत दावी गरे ।

अर्थमन्त्री महतले साधारण खर्च बढाउँदै जाने परिपाटी यस पटकको बजेटबाट रोकिएको बताउँदै भने, ‘यसपालि ऋण दायित्व तिर्ने रकम बढेको छ । बजेट जति बाँडफाँट भएको छ, त्यसलाई शतप्रतिशत खर्च गर्ने हो भने अर्थतन्त्रलाई चलायमान गर्न मद्दत पुग्छ ।’

उनले खाने तेललगायतको कच्चा पदार्थ आयात गर्दा थप कर लगाएको नभई बीचमा दिइएको भन्सार सहुलियतलाई निरन्तरता नदिइएको दावी गरे । अर्थमन्त्री महतले भने, ‘पर्यटन, कृषि सूचना प्रविधि र हाइड्रोपावरलाई विशेष फोकस ग¥यौं भने त्यसबाट अर्थतन्त्रमा राहत पुग्ने छ ।’

उनले धेरै वस्तुको निर्यातमा प्रोत्साहन रकम दिन नसकिएको र कतिपय माग सम्बोधन गर्न नसकिएको पनि बताए । उनले करको दरका सम्बन्धमा आफूले कसैको पक्ष, विपक्षमा नभई अर्थतन्त्रलाई सही गति दिनेगरी तय गरेको दावी गरे । अर्थमन्त्री महतले भने, ‘करका कुरामा कसैको मुख हेरेको छैन, समग्र अर्थतन्त्रलाई हेरेर बजेट बनाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्