काठमाडौं । तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० सम्पन्न भएलगतै चौथो संस्करण क्यानडाको नागराफल्समा हुने भएको छ । चौथो शिखर एग्रिकल्चर अवार्ड आगामी अक्टोवर ११ तारिखमा हुने आयोजकले जनाएकाे हो ।

किङ्डम इन्टरनेशन इन्वेष्टर ग्रुप क्यानडाको आयोजनामा हुने चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ का लागि नायक दिनेश केसी र नायिका सबिना कार्की ब्राण्ड एम्बेष्डरमा अनुबन्धित भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष शेखर खनालका अनुसार तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डमा सर्वोत्कृष्ट भएका कृषि फार्महरु र उत्कृष्ट कृषि उद्यमीको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड कार्यक्रममा सहभागिता रहने छ ।














