
मकवानपुर । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकी नजिकै पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहानैदेखि परेको पानीसँगै गएको पहिरोले सडक अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।
त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए ।














