Logo
Logo

अवैध रूपमा अमेरिका जान खाेज्ने नेपाली पक्राउ


8.9k
Shares

काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जान लागेका २८ जना नेपाली पक्राउ परेका छन् । अवैध रुपमा सीमापार गर्दै अमेरिका प्रवेश गर्न खेजेका उनीहरूलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नेपाल फर्काउनका लागि सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्ने भएकाले उक्त दुतावासले पहल थालेको हो ।

अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबार नै पहल गरिएको जानकारी दिए । नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै अमेरिका लैजान खोजेका २८ जना नेपाली पक्राउ परेको सूचना अजरबैजन सरकारबाट दूतावासलाई प्राप्त भएको राजदूत तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्