Logo
Logo

जसपाका पाँच केन्द्रीय सदस्य पार्टीबाट निष्कासित


5.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँच केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरिएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो । उनीहरूलाई पार्टीको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

छानबिन समितिको प्रतिवेदनको सिफारिसानुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई समेत नसिहत दिने निर्णय गरिएको हो । कारबाहीको निर्णय चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन् ।

यस्तै, बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ । अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गरिनेछ । पार्टीसम्बद्ध समाजवादी मोर्चालाई पनि केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयहरूलाई शनिबारको बैठकबाट अनुमोदन गरिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्