Logo
Logo

चट्याङ लागेर दाङमा दुईजनाको मृत्यु


1.2k
Shares

काठमाडौं । दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले बताए ।

अहिले चौधरी र केसी दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्