Logo
Logo

खेलाडीलाई ओलीको हौसला- एउटा असफलता यात्राको अन्त्य होइन


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन् ।

आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टोलीको मिहिनेत कमजोर नरहेको भन्दै उनले एउटा असफलता यात्राको अन्त्य नहुने बताएका हुन् ।

‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मिहिनेत जननी हो भने परिणाम शीशु । कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन,’ उनले भनेका छन् ।

ओलीले नेपाली क्रिकेट टोलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन् । उनले भनेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन । मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम। नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

प्रतिक्रिया दिनुहोस्