Logo
Logo

मंगलबार चीन जाँदै गृहमन्त्री


3k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् ।

उनी चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन त्यसतर्फ जान लागेको श्रेष्ठको सचिवालयले जनाएको छ । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहित ७ जनको प्रतिनिधित्व रहने जनाइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । चार दिने भ्रमण सकेर उनी शुक्रवार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्