Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ । यता युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ।   

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा तोकिएको छ  । बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३४ पैसा रहेको छ । 

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा तोकिएको भने दक्षिण केरिया १०० को खरिदमा १० रूपैयाँ  ० पैसा र बिक्रीदर  १० रूपैयाँ ५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको छ । यता मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ । 

त्यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्