
काठमाडौं । देशका केही साना तथा ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूवानुमान महाशाखाले महाकाली र यसका सहायक नदीहरूमा पानीको बहाव जल सतर्कता तहसम्म पुग्न सक्ने जनाएको हो ।
आज बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।
यस्तै, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालीकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा र सिन्धुपाल्चोकमा पनि आकस्मिक बाढीको जोखिम रहनेछ । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।















