Logo
Logo

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुला


1k
Shares

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्