Logo
Logo

धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौं फिर्ता


6.9k
Shares

काठमाडौं । काठमाडौंबाट धनगडी उडेको श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं नै फर्किएकाे छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण गरेको हो ।

आइतबार बिहान ७:५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

त्यसपछि ८:२० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । जहाजमा ७९ जना यात्रु थिए । उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्