Logo
Logo

नेकपा विभाजन स्वचालित थियो वा परिचालित विश्लेषण गर्नु जरुरी छ : ओली


882
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा किन विभाजन भयो भन्ने यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । उनले नेकपा विभाजन भयो भनेर मात्र बताएका हुन् ।

केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को आइतबार लोकर्पण गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा विभाजन भयो भनेरमात्रै अब बुझिँदैन । विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्नुपर्छ ।’

उनले पार्टी कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ जानकारी नागरिकलाई थाहा पाउन आवश्यक रहेको बताउँदै भने, ‘नेकपा विभाजनको कारण स्वचालित थियो वा परिचालित भन्नेबारे विश्लेषण गर्नु जरुरी छ ।’

अढाई वर्षअघि नेकपा विभाजन हुँदा त्यो विभाजनका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? भन्ने कुराहरु आउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । तर, त्यसको २ वर्षपछि पनि पूरा नहुँदै ०७७ फागुन २३ मा नेकपा विघटन भएको थियो ।

अहिले पुनः नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा ब्युँताउने कुरा गर्दै आएका छन् । यसैबेला एमाले अध्यक्ष ओलीले नेकपा विभाजनको कारण खोज्दै यर्थात विश्लेषण गर्नु पर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्