काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले ७० वर्षे उमेरहद प्रस्ताव अघि सारेको छ । हालैमात्र नेकपा एमालेले निलम्बन गरेको ७० वर्षे उमेरहद जसपाले अघि सारेको हो ।

आइतबारदेखि सुरु भएको विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेरहद अघि सारेका छन् । अध्यक्ष यादवद्वारा प्रस्तावित विधानको धारा ८६ मा भनिएको छ, ‘७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन ।’
यस्तै, पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नउपाउने प्रस्तावमा उल्लेख छ ।
यस्तै, अध्यक्ष यादवले पार्टीमा १३ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ समेत १५१ सदस्यीय केन्द्रीय समिति हुने अध्यक्ष यादवको प्रस्ताव गरेका छन् ।
यस्तै, पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, पार्टीमा अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने प्रस्तावमा उल्लेख गरिएको छ ।
मस्यौदाको पूर्णपाठ :











