
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले देशका केही साना नदीहरूमा आज आकस्मिक बहाव बढ्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाले सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बताएको हो । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।












