Logo
Logo

लागुऔषध दुर्व्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना


378
Shares

काठमाडौं । लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ ।

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)का अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।

यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रुपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेका हुन् ।

शान्ति समाज सुनसरी शाखाले पनि लागुऔषध दुव्र्यसन विरुद्ध विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा शान्ति समाजद्वारा तयार गरिएको लागुऔषध दुव्र्यसनविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो ।

अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुव्र्यसनबाट जोगाउने उद्देश्यले लागुऔषध दुव्र्यसनमुक्त विद्यालय, लागु औषध दुव्र्यसनमुक्त समुदाय र लागुऔषध दुव्र्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्वर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

शान्ति समाजले पनि एक दशक अगाडिदेखि लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातनापीडितको सहायतार्थ राष्ट्रसङ्घीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले पनि तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्