Logo
Logo

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


567
Shares

काठमाडौं । आगामी तीन दिन देशका अधिकांश ठूला नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । आज सिन्धुपाल्चोक, रसुवा, गोराखा, लम्जुङ, कास्की पर्वत, बाग्लुङ भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको छ ।

यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिम रहेका महाशाखाले जनाएको छ । बाढीको जोखिम रहेकाले सतर्क रहन स्थानीयलाई महाशाखाको आग्रह छ । आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्