Logo
Logo

‘जिल्ला निर्वाचन खारेज गरे निर्वाचनको निष्पक्षता रहँदैन’


693
Shares

काठमाडौं । सांसद रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताए ।

लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रुपमा काम गर्न दिनुपर्ने उनको भनाइ छ । यस विषयमा अर्थमन्त्रीले गोलमोटल रुपमा नभएर छुट्टै जवाफ दिनुपर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस्