काठमाडौं । ललिता निवास प्रकरणमा ६ जना पक्राउ परेका छन् । एआईजी किरण बर्जाचार्यका अनुसार डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले आज काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको हो ।
यसअघि अख्तियारले सोही प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।














