Logo
Logo
साफ च्याम्पियनसिप

पाकिस्तानमाथि नेपालको जित


5.7k
Shares

काठमाडौं । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध नेपालले जित निकालेको छ । भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको हो ।

साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियाे । नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो । नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो । राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो ।

एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि भिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्