Logo
Logo

ग्लोबल आइएमई बैंक नेपाल शैक्षिक परामर्श संघको आधिकारिक बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौंँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) गत पुस ३० गते सोमबार आफ्नो १३औँ बार्षिक साधारण सभामाग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्षश्री विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।
नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसँग आबद्ध कन्सल्टेन्सीहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जासम्बन्धी निर्णय गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्