Logo
Logo

न्यायाधीश नियुक्तिमा सम्मानजनक भाग नपाए आन्दोलन गर्ने चेतावनी


8.1k
Shares

काठमाडौं । विभिन्न ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्तअको नियुक्तिमा आफ्नो सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयमा कार्यरत क्रियाशील संघसंगठनले न्यायाधीश नियुक्तिका सन्दर्भमा विज्ञप्ति जारी गर्दै आफ्ना माग बेवास्ता गरिए संघर्षमा उत्रनेसमेत चेतावनी दिएका छन् ।

‘रिक्त रहेका सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश पदमा नियुक्त गर्दा न्याय सेवाअन्तर्गतका न्याय, कानून र सरकारी वकिल गरी तिनवटै समूह, कानुन व्यवसायी, उच्च र जिल्ला न्यायाधीशलगायतका सबै पक्षहरूको सम्मानजनक प्रतिनिधित्वको माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले आफूहरूलाई पाखा लगाउने तथा हतोत्साही गराउने गरी न्यायाधीश नियुक्ति नगर्न भनेका छन् । सर्वोच्च अदालतमा सीधै नियुक्ति हुने व्यवस्था हटाउन र बढीमा उच्च अदालतलाई मात्र प्रवेशद्वार बनाउन ती संगठनको माग छ ।

उच्च अदालतमा प्रतिस्पर्धा र संसदीय सुनुवाइविनै न्यायाधीश नियुक्त हुने गरेको र सर्वोच्च अदालतमा राजनीतिक आबद्धता र नातागोताको आधारमा सीधै नियुक्त हुने गरेको भन्दै त्यही कारण न्यायालयमा विचलन आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्